वि.सं. २०८३ कार्तिक ९, मङ्गलबार
सिक्किम २५°C
लगइन
लगइन
मुख्य पृष्ठमा फर्कनुहोस् सम्पादकीय नीति र तथ्य जाँच
राज्य

रम्फूमा दुई दिवसीय सद्भावना सम्मेलनको भव्य शुभारम्भ

Special Correspondent
२०८३ श्रावण २४, शनिबार
१०:१५ बजे | अद्यावधिक: १०:४५
120 पटक हेरिएको
सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp Viber
रम्फूमा दुई दिवसीय सद्भावना सम्मेलनको भव्य शुभारम्भ
रम्फू, १० अक्टोबर। सिक्किमको पाकिम जिल्लास्थित रम्फू खेल मैदानमा मानव उत्थान सेवा समिति, उत्तर पूर्वाञ्चल क्षेत्र तथा सिक्किम राज्य समितिको संयुक्त आयोजनामा दुई दिवसीय सद्भावना सम्मेलनको भव्य शुभारम्भ भएको छ। सम्मेलनमा परम पूज्य सद्गुरुदेव श्री सतपालजी महाराज, श्री विभुजी महाराज तथा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले अध्यात्म, मानवता, राष्ट्रिय एकता, सामाजिक सद्भाव र विश्वशान्तिको महत्त्वमाथि प्रकाश पार्दै प्रेम, भाइचारा र सहिष्णुताको भावना आत्मसात् गर्न आह्वान गर्नुभयो।

सम्मेलनलाई सम्बोधन गर्दै श्री विभुजी महाराजले युवाहरूलाई आध्यात्मिक चेतना, नैतिक मूल्य र सेवाभावका माध्यमबाट राष्ट्र निर्माणमा योगदान पुर्‍याउन आह्वान गरे। उनले युवाशक्ति राष्ट्रको अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै राष्ट्रको समृद्धि भौतिक विकासमा मात्र सीमित नरही नागरिकको चरित्र, मानवीय संवेदना, अनुशासन र सामाजिक उत्तरदायित्वमा समेत निर्भर रहने बताए। युवाहरूले विभाजन र मतभेदभन्दा माथि उठेर राष्ट्रिय एकता तथा मानव कल्याणका लागि काम गर्नुपर्ने उनको भनाइ थियो।

मुख्यमन्त्री प्रेमसिंह तामाङले सद्गुरुदेव श्री सतपालजी महाराजले सिक्किमका जनतामाझ आध्यात्मिक चेतना र मानव सेवाको सन्देश प्रवाह गरेकोमा कृतज्ञता व्यक्त गरे। उनले आध्यात्मिक शिक्षाले समाजमा शान्ति, प्रेम र आपसी सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै भौतिक समृद्धिले मात्र स्थायी शान्ति र आनन्द प्राप्त नहुने धारणा राखे। आध्यात्मिक मूल्य, नैतिकता र मानवीय संवेदनालाई जीवनमा आत्मसात् गर्न सके समृद्ध तथा शान्त समाज निर्माण गर्न सकिने उनले उल्लेख गरेका थिए।

सम्मेलनका प्रमुख आकर्षण सद्गुरुदेव श्री सतपालजी महाराजले आफ्नो प्रवचनमा विश्वशान्ति स्थापनाका लागि आध्यात्मिक ज्ञान अपरिहार्य रहेको बताउए। उनले जाति, भाषा, क्षेत्र तथा अन्य सामाजिक भिन्नताभन्दा माथि उठेर मानवतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै प्रेम, करुणा र सहिष्णुतामार्फत समाजमा विद्यमान द्वन्द्व तथा विभाजन न्यूनीकरण गर्न सकिने बताउए। विज्ञान र प्रविधिको विकाससँगै आध्यात्मिक चेतना तथा नैतिकताको समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले भारतको समृद्ध आध्यात्मिक परम्पराले विश्वलाई शान्तिको मार्ग देखाउन सक्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा समितिका तर्फबाट मुख्यमन्त्री तामाङ, अन्य विशिष्ट अतिथिहरू तथा अभियन्ता सी. के. प्रधानलाई सम्मान एवं अभिनन्दन गरिएको थियो। समितिका सामाजिक तथा आध्यात्मिक गतिविधिबारे पावरपोइन्ट प्रस्तुति पनि प्रस्तुत गरिएको थियो।

सांस्कृतिक प्रस्तुतिअन्तर्गत ‘सद्गुरुको आगमन’ भजन, तामाङ सेलो लोकनृत्य, ‘विविधतामा एकता’ नृत्य तथा ‘सुनपाती फूल्छन्’ भजनले समारोहलाई थप आकर्षक बनाएका थिए।

कार्यक्रमको सञ्चालन लक्ष्मण राईले गरेका थियो भने स्वागत मन्तव्य सिक्किम राज्य समितिका अध्यक्ष पूर्ण योञ्जनले र धन्यवाद ज्ञापन समितिका मूलसचिव प्रकाश हाङखिमले गरेका थिए। सम्मेलनमा सिक्किमसहित भारतका विभिन्न राज्य, नेपाल र भुटानबाट सन्त समाज तथा भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको छ।

दुई दिवसीय सम्मेलनको समापन ११ अक्टोबरमा अपराह्न हुने आयोजकले जनाएको छ।

अनलाइन् खबर पत्रिका तथ्य जाँच र आचारसंहिता प्रतिवेदन:
यो सामग्री हाम्रा सम्पादक टोलीद्वारा तथ्य प्रमाणीकरण र प्रेस काउन्सिल अफ इन्डिया आचारसंहिता बमोजिम प्रकाशित गरिएको हो।

सम्बन्धित समाचारहरू

News

Yak Calf Rally Held at 15,000 Feet in Lachen

News

तादोङमा ३५औँ नेपाली भाषा मान्यता दिवस सम्पन्न

News

Sikkim High Court Reconstitutes Committee to Review Court Rules and Record Management